माल्दिभ्समा राष्ट्रपतिको निर्वाचन हुँदै

आइतवार, अशोज ७, २०७५



माले । माल्दिभ्समा आईतबार राष्ट्रपतिको निर्वाचन भइरहेको छ । लोकतन्त्रको परिक्षणको रुपमा रहेको माल्दिभ्समा तनावपूर्ण राजनीतिलाई चिर्ने अपेक्षा राखिएको राष्ट्रपति निर्वाचनमा मतदान गर्न हजारौं मानिसहरु लामबद्ध भइरहेका छन् ।

हिन्द महासागरको अत्यन्त रमणिय स्थान जहाँ केही समय देखी राजनीतिक तनाव बढीरहेको थियो । स्थानीय समय अनुसार विहान ८ बजेबाट सुरु भएको उक्त निर्वाचनमा राष्ट्रपति अब्दुल्ला यामीन र लामो समय देखी संसद सदस्य रहेका इब्राहिम मोहम्मद सोलीहबीच प्रतिस्पर्धामा हुने भएको छ ।

करिव तीन लाख ५० हजार जनसंख्या रहेको माल्दिभ्समा कुल जनसंख्याको एक चौथाई मानिस मात्र मतदानको निम्ती योग्य रहेका छन् । सन् २०१२ मा भएको राजनैतीक उथलपुथल पछि पदबाट बाहिर भएका मोहम्मद नशीद पछि लोकतान्त्रीक तरिकाले नेता चुन्न पहिलो पटक मतदानमा सहभागी २० वर्षीय एथलीट अजका आदिलले भने, उत्तेजीत,हडबढी र डरकोबीच मतदान गरेको छु ।

maldives

किनकी भोट खराव नहोस । अहमद इब्राहिम २८ वर्षीय सरकारी कर्मचारीले यामिनलाई मतदान गर्दै भने, मजबुद आर्थिक नीतिलाई चुन्दैछु । सरकारले विदेशी पर्यबेक्षक र पत्रकारलाई रोक लगाएको निर्वाचनमा भाग लिएका विपक्षी उम्मेदवार सोलिहले भने, लोकतन्त्रको पूर्नवहाली गर्न र असन्तुष्टलाई रिहा गर्न आफूले कसम खाएको छु ।

भोट लोकतन्त्रको निम्ती आखिरी मौका हो तर विश्वसनीय चुनाव विना यसको अर्थ रहनेछैन ।पर्यबेक्षकले हेर्न नपाएको कारण निर्वाचन निश्पक्ष हुने अपेक्षा गर्न सकिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank