मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो -सिरिज

आइतवार, असार २९, २०७६



काठमाडौं । नेपालले मलेसियाविरुद्धको दुई खेलको अन्तरराष्ट्रिय गरेको छ । दोस्रो टी-२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ ।

किनररा ओभलमा नेपालले मलेसियालाई जितका लागि दिएको १७४ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनायो ।

मलेसियाका लागि सायद अजिजले अर्धशतकीय पारी खेले । ओपनरमा आएका उनले ३७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे । त्यस्तै मलेसियाका लागि अमिनुदिन रामले २४ रन जोड्दा मोहम्मद शाहेदतलदे २१ भिरन्दीप सिंहले २३ र अहमेद फिजले १७ रनको योगदान गरे ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata