मलेसियन ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्, नेपाललाई सामान्य लक्ष्य

सोमवार, बैशाख २, २०७६



एजेन्सी । क्वालालाम्पुर भएको आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटियो । मलेसियाका लागि इज्जत ड्यानियल फिक्रीले सर्वाधिक ३७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।  ५५ बलमा १ छक्का र ३ चौका प्रहार गर्दैसर्वाधिक ३७ रन बनाएका फिक्रीलाई  कुशल मल्लले २१ ओभरको चौथो बलमा क्याच गरेका थिए  ।

नेपाली बलरको कसिलो बलिङ सामु मलेसियाका ८ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो ओभरको तेस्रो बलमै कमलसिंह ऐरीले ओपनर असलम खानलाई हरि बहादुर चौहानबाट शून्यमा क्याच गराए । ऐरीलेनै पाँचौ ओभरको दोस्रो बलमा अर्का ओपनर वान रुमीरुललाई रित गौतमबाट ७ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । कप्तान मोहम्मद अमिरलाई १३ ओभरको पहिलो बलमा पवन सरार्फले १३ रनमा बोल्ड आउट गरे । १७ ओभरको अन्तिम बलमा विजयी उन्निलाई ४ रनमा कुशल मल्ले एलीवी डब्लू धराप पारेपछि मलेसियाको विकेट निरन्तर गुमि रह्यो ।

मलेसियालाई सस्तैमा पवन सरार्फले ८.५ ओभरमा १ मेडन १३ सहित रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले ८ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३,कमलसिंह ऐरी २ र सागर ढकालले १ विकेट हात पारे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank