मलेसियाले खारेज गर्यो उत्तर कोरियालीका लागि उपलब्ध गराउने फ्रि भिषा प्रक्रिया

बिहिबार, फाल्गुन १९, २०७३



काठमाडौं । मलेसियाले उत्तर कोरियाका नागरिकलाई दिंदै आएको निःशुल्क भिसा खारेज गरेको छ ।  उत्तर कोरियाका शासक किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्यामा उत्तर कोरियाली संलग्नता पाइएपछि मलेसियाले उत्तर कोरियाली नागरिकका लागि निःशुल्क भिसा प्रणाली खारेज गरेको हो ।

उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले उत्तर कोरियाली नागरिकलाई प्रवेशमा रोक नलगाईंदा मलेसियामा अपराध मौलाएको भन्दै अब कडा गर्ने निर्णय भएको जानकारी दिए ।

गत साता रसायन आक्रमण गरी किम जोङ नामको हत्या गरिएको थियो । मलेसियाको यस निर्णयले उत्तर कोरियालाई ठूलो धक्का लाग्ने भएपनि उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata