गजल-मलाई छोडेर अर्कै सँग रमाएको देख्दा !

बुधबार, माघ २, २०७५

- सागर बिश्वकर्मा



अनयासै आँसु बगेर नदि बनेको पत्तै भएन
साँच्चै आफन्तैले खुसी सबै लुटेको पत्तै भएन !!

हिजो म तिम्रौ हुँ भनेर कसम खाने मान्छे
आज उसैले विश्वास घात गरेको पत्तै भएन !!

अरे मलाई छोडेर अर्कै सँग रमाएको देख्दा
प्रियसीका याद हरूले मुटु जलेको पत्तै भएन !!

जुनदिन बाट घर परिवार त्यागेर परदेश आएँ
त्यो दिनदेखि मनमा पीडा बल्झेको पत्तै भएन !!

हो,एउटा नारीले सन्तान खुसी पार्नकै निमित्त
हेर्नुहोस् आज आफ्नै शरीर बेचेको पत्तै भएन !!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata