स्पेनिस क्लबका प्रशिक्षकको यौन भिडियो बाहिरियो

आइतवार, पुस २७, २०७६



एजेन्सी । स्पेनिस क्लब मालागाका प्रशिक्षक भिक्टर सान्चेज डेल एमोको यौन सम्बन्धको भिडियो सार्वजनिक भएको छ । चार दिन अघि निलम्बन गरिएका एमोको भिडियो बाहिरिएसँगै मालागाले उनलाई बर्खास्त गरेको छ ।

प्रशिक्षक सान्चेजको सेक्स टेप अनलाइन मार्फत बाहिरिएपछि क्लबले उनलाई घटनाको पूर्ण अनुसन्धान नभएसम्मका लागि भन्दै निलम्बित गरेको चार दिनपछि बर्खास्त गरेको हो ।

४३ वर्षीय एमोको सेक्स टेप मंगलबार अनलाइनमा सार्वजनिक भएको थियो । मालागाले अनुशान उल्लंघन गरेकाले एमोलाई बर्खास्त गरिएको जनाएको छ ।

नयाँ प्रशिक्षक नियुक्त नभएसम्म मालागा बी का सर्जिओ पेलिसेरले प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्ने छन् ।

एमोले भने आफूलाई ब्ल्याकमेल गरिएको र सामाजिक सञ्जालमा सो भिडियो सार्वजनिक गर्ने भन्दै धम्की आउने गरेको उल्लेख गरेका छन् । कुनै पनि व्यक्तिको निजी जीवन कुराहरु स्वीकृति बिना सार्वजनिक गर्नु अपराध रहेको र आफू दुर्व्यवहार र एक्टोर्सनको शिकार भएको उनले उल्लेख गरेका छन् ।

एमोको भिडियो बाहिर ल्याएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments