मकवानपुरगढी गाउँपालिकामा एमाले विजयी

बुधबार, जेष्ठ ३, २०७४



मकवानपुर । मकवानपुर जिल्लाका आठ गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपालिकाको निर्वाचन परिणाम प्राप्त भएको छ ।  मकवानपरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का विदुर हुमागाईंले तीन हजार ८१४ मत प्राप्त गरी विजयी भएकाछन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गरेकाछन् । त्यसैगरी, उपाध्यक्ष पदमा नेकपा (एमाले)का हर्कमाया रुम्बाले तीन हजार ७१७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मन्दिरा जोशीले तीन हजार ७०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत देवकुमार राईले जानकारी दिए ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१९ वडाअध्यक्ष पदमा एमालेका नवराज सुवेदीले ८३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार भेटवालले ७६० मत प्राप्त गरेकाछन् । अन्य गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मतगणनाको कार्य अहिले पनि जारी रहेको छ ।

815 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank