मकालु गाउँपालिकामा ६४, खाँदबारी–३ मा ६९.४८ प्रतिशत मतदान

शनिबार, मंसिर १४, २०७६



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालीका–३ को उपनिर्वाचन सम्पन्न भएको छ । जिल्लाको मकालु गाउँपालिकामा ६४.५५ प्रतिशत मत खसेको छ भने खाँदबारी–३ मा ६९.४८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ९ हजार १ मतदाता रहेकामा ५ हजार ७ सय ७४ जनाले मतदान गरेका छन् । त्यसैगरी, खाँदबारी नगरपालीका–३ मा १ हजार ८ सय २२ मतदाता रहेकामा १ हजार २ सय ७१ जनाले मतदान गरेका छन् ।

सबै मतदान केन्द्रमा शान्तीपुर्ण रुपले सम्पन्न भएको र खाँदबारी नगरपालिकाको मतपेटिका खाँदबारी ल्याइ सकिएको संखुवासभा प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले बताए । यस्तै, मकालु गाउँपालिकाको १३ केन्द्रको मतपेटीका ल्याउने क्रम जारी रहेको र आजै राती २ बजेसम्म मतपेटिका संकलन गरिने पनि उनले बताए ।

संखुवासभा जिल्लामा आज सम्पन्न उपनिर्वाचनमा मतदाता उत्साहपूर्वक मतदान गर्न आएका थिए । विरामी र वृद्धले समेत मतदानमा उत्साहजनक सहभागीता जनाएका थिए । वृद र विरामीलाई स्ट्रेचरमै बोकेर मतदान केन्द्रमा आफन्तले ल्याएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata