सुर्खेतबाट उडेको मकालु एयरलाइन्सको जहाज हरायो

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज हराएको छ । आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज सम्पर्कमा आएको छैन ।

२ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएपनि दुर्घटनाको आशंका गरिएको छ । त्यो विमान बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । खोजी कार्य सुरु भएको छ। थप अवस्था बुझ्न हेलिकोप्टर पठाइसकेको छ । प्रदेशनम्बर ६ का सबै जिल्लामा प्रहरी समेत खटाइएको छ ।

 काग्रो बाकेर गएको ९एन एजेयु कल साइन भएको जहाजमा चालकदलका २ सदस्य मात्रै थिए ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank