मकालु एयरको जहाज दुर्घटना, चालकदलका दुवै जनाको मृत्यु

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । सुर्खेतबाट सिमकोटका लागि सोमबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको मकालु एयरलाईन्सको कार्गो जहाज दुर्घटनामा परेको छ । जहास हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

खर्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाम खर्कमा उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको टोली पुगिसेको प्रहरीले जनाएको छ ।

९ एन एजेयु कल साइन भएको सो जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्र सवाररहेका थिए । जहाजमा सवार चालक दलका दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank