१७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुँदै

आइतवार, मंसिर २९, २०७६



सुनसरी । भाषा, संस्कृति, वेशभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्धन  गर्नका लागि आगामी पुष ६ र ७ गते विराटनगरमा १७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने भएको छ ।

मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सम्मेलनमा सहभागिता हुने जानकारी दिए । सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषी कवयित्रीलाई सम्मान गरिने छ ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटनस्थलहरुको समेत प्रचारप्रसार गरिने मैथिली एशोसिएशनका सल्लाहकार पङ्कज बर्माले बताए । सम्मेलनका अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायत विभिन्न २० कक्ष राखिने उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments