जेठ १५ मै बजेट ल्याउन दलहरु सहमत, दोश्रो चरणको निर्वाचन पनि पूर्व निर्धारित मितिमै हुने

सोमवार, बैशाख २५, २०७४



काठमाडौं । प्रमुख तीन दल जेठ १५ मै बजेट ल्याउन सकारात्मक भएको नेताहरुले बताएका छन् । तर त्यो बजेट कामचलाउ हुने नेताहरुले बताएका छन् । नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ गते नै बजेट ल्याउन दलहरु सहमत भएका हुन् । साथै दोस्रो चरणको चुनाव पूर्वघोषित मिति जेठ ३१ गते नै हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो चरणको चुनावबारे कुराकानी भएको थियो ।

यद्यपि विपक्षी दलका नेता ओलीले बजेट र दोस्रो चरणको चुनावबारे आफ्नो पूर्ववत् अडान राखेका छन् । एमालेले जेठ १५ मा बजेट ल्याउनु पर्ने र दोस्रो चरणको चुनाव बजेट अघि नै गर्नु पर्ने अडान राख्दै आएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘बजेट कामचलाउ भएपछि एमाले आफ्नो अडानमा लचिलो भएको बुझिएको छ ।’ त्यस्तै जेठ १५ मा बजेट ल्याउनुपर्ने र बजेट अघि नै चुनाव गर्नु पर्ने एमालेको अडानपछि दलहरुबीच दोस्रो चरणको चुनाव सार्नेबारे छलफल सुरु भएको थियो ।

तर, अब जेठ ३१ को चुनाव सार्ने सम्भावना टर्दै गएको छ । निर्वाचन आयोग स्वयंमले दोस्रो चरणको चुनाव बजेट अगाडि सार्न नसकिने बताएको छ । अब दोस्रो चरणको चुनाव पूर्व घोषित मिति जेठ ३१ मै हुने सम्भावना बढेको छ । यद्यपी दलहरु अझै आन्तरिक छलफलमा रहेका श्रोतले बतायो ।

2817 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank