स्वीडेनमा त्रिशंकु संसद : राष्ट्रवादी दल निर्णायक अवस्थामा

सोमवार, भदौ २५, २०७५



स्वीडेन । आइतबार सम्पन्न निर्वाचनमा कुनै पनि राजनैतिक पार्टीले स्पष्ट बहुमत ल्याउन सकेन । सत्तारुढ दलको नेतृत्वमा निर्माण गरिएको सेन्टर लेप्ट पार्टीले ४०.६ प्रतिशत विपक्ष गठबन्धन सेन्टर राइट ४०.३ प्रतिशत र राष्ट्रवादी दल एसडिले १७.६ प्रतिशत मत ल्याउन सफल भएका छन् ।

३४९ सिटको संसदमा सेन्टर लेप्ट ब्लकले पुरानो शक्ति १५९ लाई गुमाउदै १४४ मा झरेर सबै भन्दा ठुलो दलको रुपमा चित्त बुझाएको छ । सेन्टर राइट ब्लकले सेन्टर लेप्टलाई पछ्याउदै सन् २०१४ को नतिजा १४४ लाई कायम राख्न  सफल भएको छ ।

आप्रबासी मुक्त स्वीडेनको नारा दिने राष्ट्रवादी दल एसडीले २०१४ को ४९ सिटमा फड्को मार्दै ६२ सिट सहित निर्णायक स्थान प्राप्त गर्न सफल भएको छ । एसडिको उदय पछि युरोपको सबै भन्दा उदार मुलुक स्वीडेनलाई पुरानो छबि कायम राख्न दबाब सिर्जना गर्नेछ ।

निर्वाचनको प्राप्त मत परिणाम पछि प्रधानमन्त्री लोफनले भने, हामी हाम्रो काममा निरन्तरता दिन चाहान्छौ । जुन ४ वर्ष अघि जनताले हामीलाई दिएका थिए । वर्तमानको नतिजाले हाम्रो सामु नयाँ परिस्थिती पैदा भएको छ । जसले गर्दा सबै दलह्ररुसँग हामी जिम्मेवारी ढंगले प्रस्तुत हुनेछौं ।

lofan

हामीलाई ठुलो नैतिक जिम्मेवारी छ । हामीले असल शक्तिलाई एकिकृत गर्नुपर्छ । हामी सोक गर्दैनौ आफैलाई व्यबस्थीत गर्नेछौ । निर्वाचनमा अभुतपूर्व प्रगती पछि एसडी पार्टीका राष्ट्रवादी नेता जिमी एकिसनले भने, हाम्रो भविष्यबाणी भन्दा नतिजा कम आएको छ ।
तथापी हामीले स्वीडेनको राजनीतिमा वास्तविक प्रभाव हासिल गरिरहेका छौं । एसडी  नेताले भने मतदानको परिणाम एक राजनैतिक भुकम्प समान छ । ठुला दलहरुलाई जनताले भनिरहेका छन् स्वीडीस जनताहरुको संकेतलाई बुझ्न आवस्यक छ । स्वीडीस नागरिकहरु हेर्न चाहान्छन नीतिहरु परिवर्तन होस ।

jemi akeson

एसडि पार्टी स्वीडेनले युरोपीयन युनियन छोडेकाे हेर्न चाहान्छ । आप्रवासन मुक्त गर्न चाहान्छ । आशा गर्दछ कि नयाँ परिणामले सरकार गठन गर्न वार्तामा निर्णायक भुमिका खेल्न सक्छ । सेन्टर राइटका नेता क्रिस्टर्ससनले सत्तारुढ प्रधानमन्त्री लोफनको राजीनामा माग्दा एसडी नेता जिमी अकिसन हाम्रो सरोकारको विषय होइन भन्दै पन्छिए । हामी सम्पूर्ण निर्वाचनमा पूर्णतया स्पष्ट छौं  ।

arkaissonहामीसँग सरकार कसरी बनाउने भनेर छलफल गरिनेछैन।

120 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank