फ्रान्सको विरोध प्रदर्शनमा राष्ट्रपति म्याक्रोनको राजीनामा माग
आइतवार, मंसिर ९, २०७५

पेरिस । फ्रान्सको राष्ट्रपति म्याक्रोनको आर्थिक नीति विरुद्ध हजारौं प्रदर्शनकारी पेरिसको सडकमा भेला हुँदै उग्र नाराबाजी गरेका छन् । बढ्दो इन्धनको मुल्य र अतिरिक्त करको कारण उग्र भएका प्रदर्शनकारीले प्रहरीको विरुद्ध जाइलाग्दा उनीहरु माथि भिषण पानी र आँशु ग्याँस फ्याँकिएको मिडियाले जनाएका छन् ।
फ्रान्सीसी राष्ट्रपति म्याक्रोनले प्रर्दशनकारीकाे हिस्रक ब्यबहार पछि भनेका छन् । नागरिक, पत्रकार र राजनेता माथि गरिएको हमलाको कुनै अर्थ छैन । गणराज्य फ्रान्समा हिंसाको कुनै स्थान छैन । पहेंलो ज्याकेटमा देशभर देखिएका करिब २ लाख ५० हजार प्रदर्शनकारीहरु राष्ट्रपति म्याक्रोनकाे कार्यशैलीकाे विरुद्ध कडा नारा लगाउँदै थिए ।
पेरिसमा भएकाे प्रर्दशनमा उपस्थित ८ हजार प्रदर्शनकारीले प्रहरी विरुद्ध आक्रामक रबैया देखाउँदै राष्ट्रपति म्याक्रोनको राजीनामा समेत मागेकाे मिडियाले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments