६१% बोनस बाँडेको माइक्रोफाइनान्सको असोज ४मा लाखौंको सेयर आउँदै

आइतवार, भदौ २५, २०७४



काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि २४ दशमलव २२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कात्तिक ७ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा भदौ १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले कम्पनीको हकप्रदको लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सम्पूर्ण शाखा कार्यालय साथै सिभिल बैंक लिमिटेडको विराटनगर, वीरगञ्ज, नारायाणगढ, पोखरा, बुटवल, र नेपालगञ्जका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ६१ प्रतिशत बोनस वितरण गरेको कम्पनीको बोनसपछि तीन करोड २२ लाख रुपैंया चुक्तापूँजी पुगेको छ । बोनसपश्चात कायम पूँजीमा उक्त अनुपातको हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्तापूँजी चार करोड रुपैंया पुग्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments