विष हालेर माहुरी मारेको घटनाप्रति शान्ति समाज द्धारा खेद प्रकट

बुधबार, कार्तिक १४, २०७५



तुलसिपुर ।चितवनबाट दाङ चराउन ल्याईएका माहुरीमा बिष हालि मारेको प्रति मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले खेद प्रकट गरेको छ । शान्ति समाज दाङ शाखाको आज बुधबार बसेको बैठकले घोराही उपमहानगरपालिका वडा नम्वर १२ सिस्नेरीमा ४४ घार माहुरीमा बिष हालि एक समूहले मारेको प्रति खेद प्रकट गरेको हो ।

चितवन निवासी मानव अधिकार तथा शान्ति समाज  शाखाका उपसभापति विकास नेपालले चराउन ल्याएका ति माहुरीमा बिष हालि
मार्ने कार्यमा संलग्न ब्यक्तिहरुलाई कारर्बाही गर्न र पीडित किसानलाई क्षतिपुर्तिको ब्यबस्थाका लागि शान्ति समाज दाङ शाखाले माग गरेको शाखा सभापति शरद रेग्मीले जानकारी दिए। यसैबीच शान्ति समाज दाङले कार्तिक १७ गते बिहान ८ बजे तुलसीपुरमा तिहार
तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

\बैठकले शान्ति समाजका आजिवन सदस्य बिरबहादुर रावत बिरुका पीता चित्रभान रोकाको निधन प्रति गहिरो दुख ब्यक्त गरेको छ । त्यस्तै शान्ति समाजका पुर्ब केन्द्रिय उपसभापति मोहन प्रसाद धितालका पीता गणेशप्रसाद धितालको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरिएको सचिब निर्मला योगीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank