वर्षापछि आएको बाढीले महुली पुल भासियो

बुधबार, असार २०, २०७५



लहान । लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको छ ।

लगातारको वर्षापछि उक्त खोलामा आएको बाढीले महुली पुल करीब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पु्लको केही भागमा थप कटान हुन थालेपछि सर्तकतापूर्वक पुलबाट एकतर्फी यातायात मात्र चलाउन दिइएको र पुलको कटान रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

62 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank