बसको ठक्करले नायिका महिमा सिलवाल र बहिनीको मृत्यु

बिहिबार, फाल्गुन १, २०७६



काठमाडौं । बसको ठक्करबाट नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मीला सिलवालको मृत्यु भएको छ ।धादिङमा विपरीत दिशाबाट आएको बसको ठक्करले स्कुटरमा रहेका दिदी बहिनीको  बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङका एसएसपी प्रकाश रानाभाटले दिएको जानकारीअनुसार बा ९७ प ७०५८ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । मोडलसमेत रहेकी महिमाको घटनास्थलमा नै र उनकी बहिनीको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी गराए ।

सिलवाल दिदीबहिनी बुधबार काठमाडौंबाट चितवन जाँदै गरेको प्रहरीले जानकारी गराएको छ । मिसन २४, दानव, जिग्लोलगायतका फिल्म खेलिसकेकी महिमाले विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

कलाकार निर्मल शर्माले पनि दुर्घटनाका क्रममा महिमाको मृत्यु भएको जनाउँदै आफुसँग पनि महिमाले काम गरेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments