महेश प्रसाईंको सम्पादनमा फेरि सिक्किमका दुई सङ्कलन

मङ्लबार, चैत्र ५, २०७५



साहित्यकार महेश प्रसाईंले हालै ‘सिक्किमका समालोचना’ र ‘सिक्किमका निबन्ध’ सम्पादन गरेर सिक्किम साहित्यलाई प्रकाशनमा ल्याएका छन् ।

यसअघि  सिक्किमका कथा, कविता र नाटकका छुट्टाछुट्टै सङ्कलन प्रकाशमा ल्याइसकेका उनले यो वर्ष सिक्किम साहित्य सङ्कलनका पाँच वटा कृति प्रकाशन भएको कुरा स्पष्ट भएको छ ।

‘सिक्किमका समालोचना’मा सिक्किम साहित्यका ३२ वटा समालोचना संगृहित छन् भने ‘सिक्किमका निबन्ध’मा पनि ३२ वटै निबन्ध संगृहित छन् । दुवै कृति छाया प्रकाशनले प्रकाशित गरेको हो । सिक्किम साहित्य बुझ्नको लागि सशक्त दस्तावेजका रूपमा रहेका यी सङ्ग्रहहरू पढ्नु आवश्यक भएको प्रसाईं बताउछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata