प्रदेश २ का मुख्यमन्त्रीलाई झण्डाबारे प्रशिक्षण दिनुपर्छः महेश बस्नेत

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले नेपालको राष्ट्रिय झण्डाबारे ज्ञान नभएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रशिक्षण दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बस्नेतले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको बेला नेपाली झण्डाको अपमान हुने गरी प्रयोग गरिएकोमा आपत्ति जनाए ।

उनले कुटनीतिक मर्यादा विपरित गएर धारणा राख्नु आपत्ति जनक भएको पनि बताए । बस्नेतले संविधानले नै मधेसलाई अन्याय गरेको भन्नु हाँस्यास्पद भएको उनको तर्क छ ।

87 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank