संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिलता: मुख्यमन्त्री शाही

बुधबार, भदौ ११, २०७६



भक्तपुर । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन ।

भक्तपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले नेपाल संघीयतामा प्रवेश गरेको डेढ बर्षसम्म वितिसक्दा पनि संघीय कानुनले पूर्णता पाउन नसक्नुले  संवैैधानिक प्रश्न उब्जिएको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकारबीच दुरी बढेको प्रष्ट पारे ।

देशको परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने तत्वहरु हाल असहज अवस्था श्रृजना गरि देश बिकास र समृद्धि रोक्दै राष्ट्रियता माथि चुनौति खडा गर्न लागि परेको शाहीले बताए ।

राज्यका तीन सरकारबीच सहमती सहकार्य र सहअस्तित्वका आधारमा समन्वय हुनु पर्ने भएता पनि एकले अर्कोलाई मौका मिल्नासाथ च्यापीहाल्ने र धकेलिहाल्ने प्रबृतिकै कारण संघियता कार्यान्वयनमा जटिलता देखिएको टिप्पणी गरे ।

उनले वर्तमान समयमा नेपालीमाथि हालको ब्यवस्था परिवर्तन हुन्छ कि भन्ने जुन आशंका पैदा गर्ने काम भएको छ यसमा परम्परागत सोच र संस्कृतिको हावी भएको बताए ।

उनले कर प्राणालीकाबारे संविधानमै उल्लेख भएको भन्दै एकल कर र साझा करका बारे सोच अनुरुप ब्यवहारमा तीनै तहका सरकार बिच देखिएको केही समस्याका कारण जनआवाज उठेता पनि करकै कारण संबिधान कार्यान्वयनमा खासै प्रभाव नपर्ने बताए ।

विप्लव नेतृत्वको पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध उसको गतिबिधि अनुसार ठिक भएको बताउँदै बिगतको एकात्मक सोचका समयमा पड्कियका बम र बन्दुका अर्थ रहेता पनि हाल देश संघीयतामा प्रवेश भएकाले गलत रहेको बताए । उनले भने ,“ विप्लव नेतृत्वको नेकपाले आफ्नाे एजेन्डालाई सरकारले गरेको वार्ताको आह्रवानलाई आधार मानेर वार्ता मार्फत समस्याको समधानको हल खोज्नु पर्छ ।”

कर्मचारी समायोजन पश्चात सबै प्रदेशमा कर्मचारीको अभाव रहेको र त्यस मध्ये पनि कर्णाली प्रदेश झनै मर्कामा रहेको बताउँदै प्रदेश सरकारलाई लोकसेवा सुबिधा तत्काल दिई कर्मचारीको अभाव परिपूर्तीको लागि मार्ग खुल्ला गरिदिनु पर्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata