कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गरिन्छ: मुख्यमन्त्री शाही

बिहिबार, चैत्र ८, २०७४



भक्तपुर । प्रदेश- ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भष्ट्राचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् ।
बिहीवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश- ६ को गरिबी र आर्थिक अभावका भए पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए ।

उनले  कर्णाली प्रदेशलाई नमूना प्रदेशका रुपमा विकास गरि भष्ट्राचार मुक्त प्रदेशका रुपमा परिचित गराउने बताए । देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक बिकासमा टेवा पुुर्याउने भन्दै शाहिले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नु पर्ने बताएका छन् ।

प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानूनी प्रक्रिया बाधक रहेको र यसले अवको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना बिभिन्न गतिबिधिलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउने बताए ।
उनले ठालू भएर अरुलाई काम लगाउने प्रबृतिको अन्त्य गर्दै युवा दस्तालाई श्रम तर्फ आकर्षण गर्ने गरी रोजगारीको श्रृजना गर्दै विकासका लागि युवा दस्ता निमार्ण गर्न थालेको जनाएका छन् ।

प्रदेश सरकार सञ्चालन नयाँ बिषय भएको र सञ्चालनमा प्रभावकारीता ल्याउन दक्ष कर्मचारी नहुँदा समेत बिभिन्न खालका समस्या देखिएको उनले बताए ।कर्णाली प्रदशेलाई अर्गानिका प्रदेशका रुपमा बिकास गर्न र पूर्ण रुपमा बिषादी मुक्त बनाउने अभियानमा एक मात्र रहेको नाकालाई कडाई गरिन थालेको जानकारी दिए ।उनले सामाजिक सञ्जालले बिकासका गतिबिधि भन्दा पनि बिकृति निम्ताएको बताउँदै आफ्नो प्रदेशमा समयको मापदण्ड तोकी सामाजिक सञ्जालको अनावश्यक प्रयोगलाई नियन्त्रण गर्ने बताए ।

कर्णाली प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि आगामी बर्षलाई पर्यटन बर्षका रुपमा अगाडी बढाउँदै यस क्षेत्रमा रहेका अथाहा सम्भावना बोकेका क्षेत्रको पहिचान गराउने गुरुयोजनामा लागेको बताए ।

86 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank