सरकार प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीद्वारा सुझाव संकलन

सोमवार, मंसिर ९, २०७६



काठमाडौं । कर्णाली प्रदेशका मुख्ममन्त्री महेन्द्र बहादुर शाहीले नेकपाका जिल्ला अध्यक्षहरुसँग सुझाव संकलन गरेका छन ।  मुख्ममन्त्री शाहीले कर्णाली प्रदेशमा रहेका १० वटै जिल्लाका पार्टी अध्यक्षहरुसँग अन्तरक्रिया गर्दै सुझाव लिएका हुन ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनकाे क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई दिनसम्म अन्तर्क्रिया गरेका थिए । अन्तर्क्रियाका क्रममा उनले सरकारको सफलताका लागि पार्टी र सरकारबीच आपसी समन्वय तथा सहयोग आदान प्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

पार्टी एकतापछि पहिलोपटक भएको सो अन्तर्क्रिया कार्यक्रमको पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवहरुले सुझाव दिएका थिए । दोस्रो दिन जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरुले सरकारले सम्बोधन गर्नुपर्ने विषय, सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र समाधानका विषयमा सुझाव दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata