“”

महायज्ञबाट ३३ लाख बढी रकम संकलन

बुधबार, फाल्गुन ३०, २०७४



दाङ । केशवराज झुपाकुमारी वृद्धाश्रमको स्तरवृद्धिका लागि सञ्चालन गरिएको महायज्ञबाट रु ३३ लाख १५ हजार रकम सकंलन भएको छ ।महायज्ञमा विमल रिजाल, चिरञ्जीवी रिजाल र तेजकुमारी बुढाथोकीले रु १० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् ।

महायज्ञमा सबैभन्दा बढी रामबहादुर केसीले रु एक लाख पाँच हजार नगद दान गरे भने व्यवसायी उत्तमकुमार क्षेष्ठले वृद्धा आश्रममा गणेशको मन्दिर बनाउने घोषणा गरेको महायज्ञ मूलआयोजक समितिका संयोजक खुमानन्द अधिकारीले जानकारी दिए ।  स्थानीय नारायणप्रसाद गौतमले पिता केशवराज र माता झुपाकुमारीको स्मृतिमा वृद्ध सेवा समिति तुलसीपुरलाई उपलब्ध गराएको दुई बिगाह जग्गामा सो वृद्धआश्रम सञ्चालनमा आएको छ ।

उक्त वृद्धाआश्रमको पूर्वाधार र स्तरोन्नतिमा सहयोग जुटाउन यही फागुन २४ गतेदेखि तुलसीपुर उपमहानगरपालिका–१२ स्थित वृद्धाआश्रम परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । आज समापन गरिने उक्त महायज्ञमा प्रमुख कथावाचकमा पण्डित रवीन्द्रकृष्ण अधिकारी रहेका थिए ।

66 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank