महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने

बिहिबार, भदौ २८, २०७५



दाङ । मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा १ करोड दीप प्रज्वलन गरिने भएको छ ।

प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण भैरहेकोे मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासका लागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा हुने ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा एक करोड दीप प्रज्वलन गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञको आठाै दिने एक करोड दी प्रज्वलन गरिने आयोजक मूल समितिका संयोजक रुपा वलीले जानकारी दिए । आँठौ दिन असोज ८ गते अपराह्न ४ बजे एक करोड दीप प्रज्वलन गरिने उनले बताए । साथै अफ्ना पितृहरुको सम्झनामा स्वईच्छाले सम्पूर्ण भक्तजनहरुले सो अवसरमा दीप प्रज्वलन गर्न सकीने आयोजकले बताएको छ ।

पश्चीम नेपालमा पहिलोपटक हुन लागेको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ २०७५’ मा एक करोड दीप प्रज्वनलनका साथै १ सय ८ किलोको लड्डु प्रदर्शन, १ हजार ८ शालीग्राम परिक्रमा, १ हजार ८ कन्या पूजा लगायतका कार्यक्रमहरु पनि मुख्य अकर्षणको रुपमा हुने महायज्ञका निर्देशनक डा. भोलानाथ योगीले जानकारी दिए।

१ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा हुने महायज्ञको मुख्य कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनेछन् ।

महायज्ञको हरेक दिन विहान साढे ७ बजेदेखी हवन्, विहान साढे १० बजेदेखी कथा वाचन र वेलुका ६ बजेदेखी महात्म्य कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । महायज्ञका उपस्थितिकालागि आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank