महाराष्ट्र राजनीतिमा मोदी-शाह पराजीत, ठाकरेको उदय

बुधबार, मंसिर ११, २०७६



एजेन्सी । लामो रस्साकस्सीपछी महाराष्ट्रको राजनीतिले निकास पाउने संकेत देखापरेको छ । निर्वाचन पूर्व विजेपी-शिवसेना गठबन्धनले एनसीपी-कांग्रेस गठबन्धनलाई अनेक आरोप लगाउँदै महाराष्ट्रमा स्थिर सरकार निर्माण गर्ने अभियानका साथ् प्रतिस्पर्धामा उत्रियो।

निर्वाचन परिणाममा विजेपी-शिव सेनाले स्पष्ट बहुमत ल्याएपनि शिव सेनाको मागलाई विजेपीले वेवास्ता गर्दा करिब तीस वर्षको राजनीतिक दोस्ती दुश्मनीमा बद्लियो । विजेपी मुख्य मन्त्री देवेन्द्र फडणवीस र शिव सेनाले आधा-आधा समय सरकार चलाउने शिव सेनाको प्रस्तावलाई विजेपीले अस्विकार गरेसँगै महाराष्ट्रको राजनीति घुमाउरो बाटोमा प्रवेश गयो ।

२८८ सदस्यीय विधान सभामा विजेपी-१०५, शिवसेना-५६, एनसीपी-५४ र कांग्रेस-४४ लगायत रहेको अवस्थामा सरकार निर्माणको निम्ति चाहिने सुविधाजनक बहुमत १४५ पुर्याउने खेलमा मोदी-अमित शाहले खेलेको घटिया चाल स्वरूप महाराष्ट्र राजनीति अनिष्टबाट फर्काउन सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था सृजना हुन् पुग्यो ।

गत २६ नोबेम्बरमा सर्वोच्च अदालतले कडा आदेश जारी गर्दै मुख्य मन्त्री  देवेन्द्र फडणवीसलाई  फ्लोर टेस्टको निम्ति तोकिएको समय अगावै   मोदी-शाह  रणनीति असफल हुन् पुग्यो । एनसीपी विधान दलका नेता अजित पवारलाई लिएर मोदी-शाहले खेलेको अभद्र खेल अन्ततः पराजीत हुन् पुग्यो ।

शिव सेना, एनसीपी र कांग्रेसको गठबन्धनमा आगामी २८ गते मुख्यमन्त्रीमा सपथ लिने उद्धव ठाकरेको उदयसँगै महाराष्ट्र राजनीतिमा मोदी- शाह प्रतिपक्षको भूमिकामा रहन  बाध्य भएका छन् । एनसीपी अध्यक्ष सरद पवारलाई देखाइएको राष्ट्रपतिको लालीपप असफल भएसँगै उनकै भतिजा अजित पवारमार्फत मोदी-शाहले खेलेको असंसदीय राजनीतिको पर्दा महाराष्ट्रमा खुलेसँगै विजेपी राजनीतिको असली अनुहार खुलेको छ ।

गत मंगलबारको सर्वोच्च अदालतको कडा आदेशले मर्माहत मोदी-शाह राजनीति महाराष्ट्रमा असफल हुन् जाँदा उद्धव ठाकरेको अचानक उदय हुन् पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata