महरालाई संसद जाने बाटो खुल्यो

मङ्लबार, फाल्गुन ६, २०७६



काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महरालाई संसद जाने बाटो खुलेको छ ।  संसद सचिवालयमा कार्यरत महिला कर्मचारी माथि बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा अदालतबाट निर्दाेष सावित भएसँगै उनलाई संसद जाने बाटो खुलेको हो ।

सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कार अभियोगमा सफाई दिएको थियो । मंगलबार काठमाडौंं जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी सहितको पत्र संसद सचिवालयमा पठाएको हो।

पत्रको जानकारीसँगै महराले अब प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउँनेछन्। साथै उनको रोकिएको सेवा सुविधा पनि प्राप्त गर्ने भएका छन । संसद सचिवालयमा अदालतले मुद्धाकाे सफाइ पाएकाे फैसला नपठाएका कारण उनी मगलबारकाे प्रतिनिधि सभाकाे बैठकमा सहभागी हुन भने पाएनन ।

सम्बन्धित समाचार पढ्नुहाेस

महराले पाए सफाई

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments