महराले पाए सफाई

सोमवार, फाल्गुन ५, २०७६



काठमाडौं । बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएका छन । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।  लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाएको हो। अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।

गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्। तर महराले आफ्नो सचिवालय मार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए। नेकपाको पार्टी सचिवालयको आग्रहपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। गत असोज १९ गते सरकारी निवासबाट पक्राउ परेका महराले दाङ क्षेत्र नम्बर दुईबाट निर्वाचित भएका थिए ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि  महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उनी तत्कालिन माओवादी केन्द्र र एमालेबाट मिलेर बनेको सरकारको सभामुख बनेका थिए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments