महराकाे पेशी आज

शुक्रबार, मंसिर ६, २०७६



काठमाडौं । बलात्कारको आरोप लागेका निर्वमान सभामुख कृष्णबहादुर महराको आज सुनुवाई हुँदैछ ।  महराको मुद्धा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले आफ्नै इजलासमा राखेर सुनुवाइ गर्नेगरी पेसी तोकेका छन्।

संसद सचिवालयकी कर्मचारी रोशनी शाही माथि बलात्कारके मुद्धा लागेका महराले आरोप अस्वीकार गर्दै आइरहेका छन । जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका महरा उक्त निर्णयविरुद्ध बिहीबार उच्च अदालत पुगेका थिए।

जिल्ला अदालतको आदेशमा डिल्ली बजार कारागारमा रहेका महरालाई सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata