पूर्वसभामुख महराको थुनछेक बहस आज

आइतवार, कार्तिक १७, २०७६



काठमाडाैं पूर्वसभामुख एवं सांसद कृष्णबहादुर महराकाे थुनछेक बहस आज(आइतबार) हुँदैछ । जबरजस्ती करणी उद्याेगमा मुद्दा खेपिरेहका उनले शुक्रबार जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा  ५ घण्टा  बयान दिएका थिए ।

महरालाई पक्राउ गरेको २५ दिनपछि बिहीबार मुद्दा दर्ता भएको थियो । मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी छ । जसअनुसार कम्तीमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद दाबी गरिएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ । दुवै मागदाबी अनुसार महरामाथि न्यूनतम पाँच वर्ष तीन महिना तथा अधिकतम सात वर्ष छ महिना कैद सजाय हुन सक्नेछ ।

थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा वा सामान्य तारेखमा रिहा गर्ने आदेश हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata