महरा थुनामै रहने, थुनछेक बहस शुक्रबार मात्र

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि दर्ता गराएको जबर्जस्ती करणी उद्योग अन्र्तगतको अभियोग पत्रबारे जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस नभएपछि उनी बिहीबार पनि थुनामै रहने भएका छन् । जिल्ला अदालत काठकाडौंका सरकारी वकिल सुदर्शन पौडेलले बताएअनुसार थुनछेक बहस भोली(शुक्रबार) मात्र हुने छ ।

‘आज अभियोग पत्र दर्ता भएको छ । भोली ओरोपिकाे बयान लिइने र त्यस लगत्तै थुनछेक बहस हुनेछ,’ पौडेलले बताए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । महरामाथि अनुसन्धान सकेर ८ कात्तिकमा प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले महरामाथि जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र दायर गरेको हो । उनलाई ५ वर्षसम्म जेल सजाय माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata