निवर्तमान सभामुख महरा विरुद्ध मुद्धा दर्ता गर्ने तयारी

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा विरुद्ध मुद्धा दर्ता गर्ने तयारी भएको छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको उजुरीको आरोपमा पक्राउ परेका महरा विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज जिल्ला अदालत मुद्दा दायर गर्ने तयारी गरेको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदन पछि सरकारी वकिल कार्यालयले महरा बिरुद्ध मुद्धा दर्ता गर्न लागेको हो । प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को करणी सम्बन्धी कसुर अनुसार मुद्दा चलाउन मागदाबी सहितको अनुसन्धान प्रतिवेदन तिहार अघि नै सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ ।

प्रहरी परिसर काठमाडौंले १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजायको राय दिएको छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी पनि गरिएको छ ।

गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका महराको बिहीबार २५ दिन पुग्दैछ । असोज १२ गते डेरामा आएर आफूमाथि बलात्कार प्रयास गरेको भन्दै १८ असोजमा पीडित महिलाले उजुरी दिएपछि प्रहरीले छानविन प्रक्रिया अघि बढाएको थियो । पक्राउ परेपछि बिरामी भएका महरा २३ असोजदेखि प्रहरीको निगरानीमा नर्भिक अस्पतालमा उपचारार्थ रहेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata