मौलिक संरचना नबिग्रने गरि दरबार निर्माण गर्न सभामुख महराको निर्देशन

शुक्रबार, बैशाख १३, २०७६



गोरखा । सभामुख कृष्ण बहादुर महराले गोरखा दरबार  पुनःनिर्माणबारे चासो लिएका छन् । उनले गोरखा दरबारको पौराणिक महत्व निबिग्रने गरि  पुनःनिर्माण थाल्न निर्देशन दिए ।

शुक्रबार गोरखा दरबारको अवस्थाको बारेमा जानकारी लिन गोर्खा पुगेका सभामुख महाराले पुननिर्माणको काममा ढिलाई नगर्न निर्देशन दिए । उनले भने, दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको रहेछ । पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुनसक्छन्, त्यसैले यसको पुनःनिर्माणमा तत्काल गर्नु आवश्यक छ।

दरबारको संरक्षण,सम्बर्धन र प्रवर्धनका लागि तीनवटै तहका सरकारले ध्यान दिनु पर्नेमा जोड दिए । दरबार निर्माण कार्य समयमै सम्मपन्न भए आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्नेमा सुझाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank