अदालतमा विचाराधीन मुद्दा सदनमा छलफल गर्न मिल्दैन: सभामुख महरा

आइतवार, साउन १३, २०७५



काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसलाई स‌सदमा छलफल गर्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बाेल्दै सभामुख महराले  सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने जानकारी दिएका हुन् । सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन नसक्ने स्पष्ट गरे ।

उनले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउएका थिए।

सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

 

435 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank