सभामुख र भारतीय राजदूतवीच भेटवार्ता

बुधबार, फाल्गुन ३०, २०७४



काठमाडौं। सभामुख कृष्ण बहादुर महरा र नेपालका लागि भारतका राजदुत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेटघाटवार्ता भएको छ । सभामुख महरा र भारतीय राजदूत पुरीबीच शभामुख महराको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा राजदुत पुरीले  महरालाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । भेटवार्ता क्रममा नेपाल र भारतबीचको ऐतिहासिक सम्वन्धलाई अझ प्रगाढ वनाउदै लैजाने  छलफल भएको सभामुख कार्यालयका उपसचिव हरिहर पोखरेलले जानकारी दिए ।

राजदुत पुरीले निर्वाचन पछि मुलुकले स्थायीत्व हासिल गर्दै गएकाले विकास निर्माणमा जुट्न आग्रह गरेका गरेका छन् । सभामुख महराले नेपाल र भारतवीच प्राचिनकाल देखी प्रगाढ सम्वन्ध रहेको जानकारी गराउदैं नेपाल भारतवीचको संसद विचको आपसी हितका साथै संसदीय भ्रमण आदन प्रदान गरी अबका दिनमा संसदीय सम्वन्ध प्रगाढ बनाउदैं जानु पर्नेमा बताए । भारत र नेपालको संसदिय सम्वन्धलाई अझ विस्तार गर्ने र दुवै देशको संसदबीच भ्रमण गर्ने र अनुभव आदना प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो ।

भेटवार्तामा अवसरमा संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई, सचिव हिमलाल सुवेदी, विरेन्द्र वहादुर कार्कीको पनि उपस्थिति थियो । भेटका अवसरमा सभामुखको एशोसियसनलाई वलियो वनाउने सम्वन्धमा आफुले भुमिका निर्वाह गर्ने सभामुखले विचार व्यक्त गरेका छन्। आगामी दिनहरुमा दुई देशबीचको सम्वन्ध अझ प्रगाढ वनाउन आफ्नो प्रतिवद्ध रहेको जनाएका छन् ।

213 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank