महरालाई दोस्रो पटक अदालत लगियाे

आइतवार, कार्तिक ३, २०७६



काठमाडौँ । गत असोज १२ गते संसद सचिवालयमै कार्यरत एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज(आइतबार) दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएकाे छ। शुरुमा थपिएको १३ दिनको समयसीमामा अनुसन्धान पूरा नभएपछि महरालाई फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइएकाे हो ।

जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई अदालतले २८ असोजमा १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर महरा १८ गते पक्राउ परेकाले त्यसमा पक्राउ परेको दिनदेखिको समय जोडिएको थियो ।

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ ।उनकाे सरकारी वकिल सामू वयान शुरु गरिएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata