राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

सोमवार, चैत्र २४, २०७६



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।  यस अघि कार्यवहाक गर्भनरका रुपमा चिन्तामणी सिवाकोटीलाई सरकारले सिफारिस गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments