“”

चार महानगरको मतगणना जारीः तीनमा एमाले र एकमा कांग्रेसको अग्रता

बिहिबार, जेष्ठ ४, २०७४



काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहँदा निकै महत्वका साथ चार महानगरपालिकाको नतिजालाई हेरिएको छ । जारी मतगणनामा नेकपा एमाले पहिलो स्थानमा रहदा नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

चासो र चर्चामा रहेको चार महानगरपालिकामा पनि अहिले मतगणना जारी रहेको छ । काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका मध्ये तीन महानगरमा एमालेका उम्मेदवारले अग्रता कामय गरेका छन् भने ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार अघि छन् ।

काठमाडौं महानगरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ५८५० मतकासाथ अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशी ३ हजार ५ सय २१ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस चिरीबाबु महर्जन ११६४७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकार १०९६९ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै अर्को महानगरपालिका पोखरामा नेकपा एमालेका मानबहानदुर जिसी ९५१० मतका साथ पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका रामजी कुँवर ९११४ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै निकै महत्वका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका प्रत्यासी देवी ज्ञवाली ७३४७ मत सहित पहिलो स्थानमा छन् भने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसकी उम्मेदवार रेणुदाहाल करिब २ हजार मत अन्तरले पछाडि छिन् । उनले ५७३४ मत ल्याउँदा एमालेका ज्ञवालीले ६३७४ मत पाएका छन् ।

2202 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank