पपुवा न्यू गिनीमा ७.२ म्याग्निच्युडको भूकम्प

मङ्लबार, बैशाख २४, २०७६



पपुवा न्यू गिनी। प्रशान्त सामुन्द्रिक तट अन्तरगतको पपुवा न्यू गिनीमा मंगलबार ७.२ म्याग्निच्युडको भूकम्प ठोकिएको छ । देशको पूर्वी क्षेत्र अन्तर्गतको बुलोलोलाई केन्द्रबिन्दु बनाएर बिहान करिब ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको  हो ।

सामुन्द्रिक सतहदेखि १२७ मिटरको उचाईमा रहेको बुलोलो क्षेत्र राजधानी पोर्ट मोर्सबी देखि २५० किलोमिटरको दुरीमा रहेको छ ।

हालसम्म कुनै पनि गम्भीर क्षतिको रिपोर्ट सामुन्ने आएको छैन।

भूकम्प निकै गहिरो भएता पनि सुनामीको कुनै खतरा नभएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments