बच्चाहरूलाई चुम्बक र चुम्बकीय गुण भएका वस्तुहरूबाट पर राख्नुहोस् !

सोमवार, अशोज १३, २०७६



एजेन्सी । ससाना बालबालिकाहरुले ब्याट्री, सिक्का, फलामका सामाग्री साथै चुम्बक वा चुम्बकीय गुण भएका घरेलु वस्तुहरु खेलौनाका रुपमा प्रयोग गर्ने भेटिन्छ । यी वस्तुहरूको प्रयोग गर्नु उत्ति खतरनाक नभएता पनि यी वस्तुहरू निल्नु अत्याधिका जोखिमयुक्त हुने एक अध्ययनले देखाएको छ ।  चिकित्सकहरुले विभिन्न यस्ता वस्तुहरूमध्ये चुम्बकलाई सबैभन्दा खतरनाक ठहर गर्दै यसबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

स्टेफनी हर्वेलका ९ वर्षीय छोरा डोमिनिकले त्यसरी नै एकदिन दुर्घटनावश् दुईवटा हाइ–पावर चुम्बक निले। उनले सीबीएस न्युजसँग भने, ‘मैले जिस्किँदै त्यसलाई मुखमा राखिरहेको थिएँ । अनि अचानक दुवै चुम्बक एकअर्कासँग टाँसिए र मैले थाहै नपाइ एकदम छिटो त्यो मेरो घाँटीबाट तल पुग्यो ।’ यसपछि उनको स्कुलकी शिक्षकल आमा स्टेफनीलाई खबर गरिन । स्टेफनी आफैँ एक नर्स हुन् । उनले केही विज्ञहरुसँग सम्पर्क गर्न खोज्दा एउटा चुम्बक भएमा धेरै चिन्ता नगर्न भनियो तर चुम्बक दुईवटा भएमा चाहिँ तुरुन्तै उपचार गर्नुपर्ने सुझाव पाइन् ।

चुम्बक दुईवटा हुँदा शरीरका भित्री अङ्गहरुलाई च्यापेर त्यसले गम्भीर क्षति पुर्याउन सक्ने हुनाले नै यस्तो भनिएको हो ।  यसअघि सन् २०१२ मा अमेरिकाको ‘कन्ज्युमर प्रडक्ट सेफ्टी कमिसन’ ले यस विषयमाथि प्रकाश पारेको थियो । त्यसबेला एक तीन वर्षकी बालिकाले ३७ वटा ससाना चुम्बक निलेकी थिइन् । उनका अभिभावकले पहिले त उनको पेट खराब भएको हुन सक्ने शंका गरेका थिए । यसरी एक्सरे गरेपछि मात्र उनको पेटमा गोलो बनेर बसेका दर्जनौँ चुम्बक फेला पारिएको हो जसले पछि तिनको आन्द्रामा तीनवटा प्वाल पारेको थियो ।

त्यस्तै अर्को घटनामा एक ६ वर्षीय बालकले १९ वटा चुम्बक निलेपछि त्यसैगरी आन्द्रामा प्वाल परेको थियो । यसरी २००९ देखि २०१३ का बीच अमेरिकामा मात्र चुम्बक निलिएका २९,०० घटना भएको बताइएको छ । त्यसैले एउटा चुम्बक निलेपछि अर्को चुम्बक वा कुनै फलामको टुक्रा पेट भित्र पुगेमा त्यो अत्यन्तै खतरनाक  हुने गर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata