११ सय लिटर घरेलु मदिरा नष्ट

बुधबार, भदौ २५, २०७६



बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध ११ सय लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

बडिमालिका नगरपालिकाको वडा नम्बर ८ र ९ मा विभिन्न मितिमा बरामद गरेको घरेलु मदिरा जनप्रतिनिधि, आमा समूह,संञ्चारकर्मी र सरोकारवाला निकायकाबीच नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अवैध घरेलु मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ पास समेत गरी ११०० लिटर बरामद गरी यस प्रहरी कार्यालयमा ल्याई नष्ट पारिएको हो । पछिल्लो समय प्रहरीले घरेलु मदिरा अन्त्य गर्ने उद्धेश्यले विशेष अभियान चलाउँदै आएको छ ।

madira

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata