अवैध घरेलु मदिरा नष्ट

सोमवार, भदौ १६, २०७६



बझाङ । जयपृथ्वी नगरपालिका १० चैनपुर बजारस्थित भोटे गल्ली र दौलिचौर गल्लीका होटेल पसलहरुबाट अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।

तयारी अवस्थामा रहेको २ सय ३५ लिटर र कच्चा पदार्थ २ हजार ६० लिटर आइतबार प्रहरीले नष्ट गरेको प्रहरीले जनाएको छ ।

अवैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्य अनुरुप जिल्ला प्रहरी कार्यालय बझाङको सक्रियतामा मदिरा बरामद गरिएको थियो ।

उक्त मदिरा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, संचारकर्मी तथा स्थानीय बासिन्दाको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata