तीन सय लिटर अवैध मदिरा नष्ट

मङ्लबार, साउन १४, २०७६



बाजुरा । तीन सय लिटर अवैध मदिरा नष्ट गरेको छ। बडिमालिका नगरपालिका वडा नम्बर ८ र ९ का होटेल तथा पसलहरूबाट अवैध मदिरा बरामद गरि नष्ट गरेकाे हाे ।

जिल्ला  प्रहरी कार्यालय बाजुराकाे टाेलीले छड्के अनुगमन गर्दा बिक्री वितरणका लागी राखिएको अवैध घरेलु मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ पास समेत गरी तीन सय लिटर मदिरा  लिटर बरामद गरीएकाे प्रहरीले जनाएकाे छ ।

उक्त मदिरा साेमबार उद्योग वाणिज्य संघका अध्यक्ष, सामुदायिक सेवा केन्द्रका अध्यक्ष, स्थानीय भद्र भलादमी, पत्रकारहरूको रोहवरमा  कार्यालयको परिसरमा नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata