मणिपाल अस्पतालमा झडप, ७ प्रहरी र ४ स्वास्थ्यकर्मी घाईते

सोमवार, चैत्र १९, २०७४



काठमाडाै‌ । मणिपाल अस्पताल कास्कीमा आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीतर्फ ७ जना र आन्दोलकारी स्वास्थ्यकर्मीतर्फ ४ जना घाइते भएका छन् ।

घाईते हुने स्वास्थयकर्मी राजबहादुर घर्ती, पार्वती प्रधान, प्रार्वती गुरुङ , र कर्ण शाक्य रहेका छन् । त्यस्तै प्रहरीतर्फ प्रहरी जवानहरु विपिन थापा मगर , गोबिन्द राजकोटी, गमबहादुर थापा ,रुपलाल थापा, यमूना राजकोटी,अञ्जना घर्ती र तुलसा पुलामी घाईते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको र अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई पक्राउ गरेको छ । अस्पतालमा कार्यरत ननटिचिङ कर्मचारी ६ महिनायता तलब बृद्धि, विदा, स्थायी गर्नुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा छन् । केही दिनयता उनीहरुले अस्पताल प्रशासन अगाडि धर्ना समेत दिदै आएका थिए । आफूहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीको भनाई छ ।

प्रहरीले भने स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अवरोध पुर्‍याउन खोजेको आरोप लगाएको छ । आन्दोलनकारीमध्ये २० जनालाई पक्राउ गरिएको र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता खड्क बहादुर खड्गीले नेपाल पाटिलाई जनाएका छन् । घाईते स्वास्थ्यकर्मीको मणिपाल अस्पताल र प्रहरीको स्टिेल अस्पालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अहिले प्रशासन र आन्दोलनकारीबीच वार्ता भईरहेको प्रबक्ता खड्कीले जानकारी दिए ।

199 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank