अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

बिहिबार, मंसिर २६, २०७६



संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए ।

गएराति १२ बजे अज्ञात समूहले वडा कार्यालयमा आगो लगाउँदा कार्यालयका सम्पूर्ण सामग्री जलेर ध्वस्त भएको मेयर सुब्बाले जानकारी दिए ।

आगजनीबाट वडा कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रीन्टर, मोबाइल फोन लगायतका सम्पूर्ण सामग्री जलेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments