कम्युनिष्टसँग मुकाविला गर्ने कुनै शक्ति छैन: नेता नेपाल

बिहिबार, साउन ९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ट नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टी एकताको काम अघि बढिरहेको बताएका छन ।उनले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै पार्टी अघि बढिरहेको बताए ।

विहिबार नेकपाका दिवंगत नेता नरबहादुर कर्मचार्यको छैंटौं समृति सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, कम्युनिष्ट पार्टीसँग मुकाविला गर्न सक्ने कुनै शक्ति छैन । सरकारमा रहेका साथीहरुको मुल्याङकन गर्दै अघि बढ्नु पर्छ । कमिकमजोरी सुधार गदै अघि बढ्नु पर्नेमा जोड दिए ।

नेता नेपालले नेपाल कम्युनिष्ट पार्टी मात्रै दुनियाँमा निर्वाचन पद्धतीबाट दुई तिहाई बहुमत प्राप्त गर्ने पार्टी रहेको दाबी गरे । उनले भने, नेपाली समाजको आमूल परिवर्तनका लागि पूराना योद्धाहरुको योगदान ग्रहण् गर्नु पर्नेमा सुझाव दिए । जनताले हामीबाट ठूलो आसा अपेक्षा गरेका छन । त्यो अविभारा निष्ठा क्षमता र योग्यताका साथ जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments