एकताका लागि प्राविधिक विषय मिलाउन मात्रै बाँकीः माधव नेपाल

आइतवार, बैशाख १६, २०७५



रुकुम । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि धेरै काम सम्पन्न भइसकेको र केही प्राविधिक विषय मिलाउन मात्रै बाकी रहेको बताएका छन। एमाले र माओवादीबीच बैशाख ९ गते एकता घोषणा गर्ने तयारी भएपनि तयारी नपुगेको बताउँदै स्थगित भएको थियो । अर्को मिति भने छिट्टै घोषणा हुने नेताहरुले बताएका छन् । नेपालले एकता हुनेमा ढुक्क रहन आग्रह समेत गरे ।

रुकुम पश्चिमको चौरजहारीमा एमाले रुकुमका नेता स्व यदु गौतमको शालिक अनावरण तथा यदु स्मृति भवनको उद्घाटन गर्दै उनले एकताले जनतामा सकारात्मक सन्देश गएकाले निराश नहुन सबैलाई आग्रह गरेका हुन्।

गौतमजस्ता महान् व्यक्तित्वको अवसानले पार्टीमा अतुलनीय क्षति पुगेको नेपालको भनाइ थियो । एमाले रुकुमका तत्कालीन सचिव गौतमलाई २०५५ साल फागुन २१ गते तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो ।

85 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank