चुनावमा भागलिएकोमा उपेन्द्र यादवलाई माधव नेपालले दिए बधाई

बिहिबार, बैशाख २१, २०७४



काठमाडौ । स्थानीय तहको निर्वाचनमा भाग लिएकोमा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले राजपाका नेता उपेन्द्र यादवलाईं बधाई र धन्यवाद दिएका छन ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लाको नयाँं नेतृत्वको पदस्थापन तथा पुरानाको बिदाई कार्यक्रममा बिहीवार बोल्दै नेपालले बधाई दिएका हुन । ‘सधै नेगेटिभ कुरा गरेर हुदैन, मैले गौरमा जलेको घर र ढ्ंगा मुढा सम्झिएर पनि हुदैन, यस पटकको स्थानीय निर्वाचनमा मधेशी मोर्चाका एक घटकले भाग लिएको छ, म त्यसका नेता उपेन्द्र यावदलाई धन्यावाद दिन्छु , तपाईले आफुलाई लोकतन्त्रवादीका रुपमा उभ्याउनु भयो’ नेपालले भने ।

केही महिना पहिला गौरमा आयोजित एमालेको सभामा दर्जनौ गाडि तोड फोड भएको भए पनि त्यसलाई पनि बिर्सेर पछिल्लो राम्रो काम सम्झने नेपालले बताए । उनले पछिल्लो राम्रो काम भनेको स्थानीय निर्वाचनमा मोर्चाको सहभागिता भएको बताए ।

3506 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank