संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुको विकल्प छैन: नेता नेपाल

बिहिबार, अशोज २, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढनुको विकल्प नभएको बताएका छन ।

नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको बताउँदै नेता नेपालले यसको कार्यान्वयनमा जोड दिएका छन । विहिबार संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गरे।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकलाई समृद्ध बनाउने संकल्पसहित आएको नेपालको संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata