महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल हुनुपर्छ: नेता नेपाल

सोमवार, जेष्ठ ६, २०७६



दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ट नेता माधव कुमार नेपालले महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल हुनुपर्नेमा जोड दिएका छन् ।

प्रेस संगठनले सोमबार दाङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् । उनले भने , “महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल हुनुपर्छ तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको छैन,” । उनले आफुले पार्टी भित्र कुनै पनि निर्णय हुँदा व्यापक छलफल गर्नुपर्ने भन्दै आवाज उठाइरहेको समेत दाबी गरे ।बहुमतको सरकार हुँदा पनि पार्टी भित्रै छलफल विना नै सरकारले विधेयक ल्याएकाले धेरै विरोध खेप्नु परेको जनाएका छन् ।

सत्य र तथ्यमा भन्दापनि अनुमानको भरमा लेखिने हुँदा पत्रकारिता प्रति आम मानिसको विश्वसनियता घट्दै गएको उल्लेख गर्दै नेता नेपालले मिडियालाई अनुशासित बनाउनु पर्ने उद्घोष गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata